नेकपाद्वारा कैलाली बन्दको आव्हान

२०७४ चैत्र २ गते, शुक्रबार

काठमाडौँ, २ चैत । नेकपा कैलालीले आफ्ना नेताकार्यकर्ता पक्राउ गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घोडाघोडी नगरपालिकाको ५ देउकलियामा राधा चौधरीमाथि भएको बोक्सीकाण्डमा विवादित नगरपालिकाका मेयर ममता प्रसाद चौधरीमाथि भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा कैलाली प्रहरीले नेकपा कैलालीका ४ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । एक विज्ञप्ती जारी गर्दै समाजमा भएका विकृतीका विरुद्धमा बोलेकै आधारमा पूर्वग्रही तरिकाले आफ्ना निर्दोष कार्यक्रतालाई घरमा सुतिरहेको अवस्थामा झुट्टा मुद्दा लगाएर पक्राउ गरिएको भन्दै बिना सर्त पक्राउ गरिएका आफ्ना नेता कार्यक्रतालाई रिहा गर्न माग गरेको छ । नागरिक समाजसँग न्यायको माग गर्दै प्रहरी ज्यादती विरुद्ध संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ । चैत्र २ गते मसाल जुलुस गर्ने र ३ गते जिल्ला बन्द गर्ने विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रियाहरु