नेकपाद्वारा आधिकारिक ब्यक्तिलाई मात्र आर्थिक सहयोग गर्न आग्रह

२०७६ आश्विन १३ गते, सोमबार

काठमाण्डौं , १३ असोज । नेपाल कम्युनिस्ट पार्टीले आधिकारिक ब्यक्ति बाहेक अरुलाई आर्थिक सहयोग नगर्न आग्रह गरेको छ ।
सो पार्टीका चितवन अन्तर्गत भरतपुर महानगर कमिटीले आफ्नो पार्टीको आधिकारिक ब्यक्ति बाहेक अरुलाई आर्थिक सहयोग नगर्न आग्रह गरेको छ । भरतपुर महानगर कमिटी इन्चार्ज विजय शर्मा र सेक्रेटरी देवकुमारले सोमबार विज्ञप्ति निकाली केही महिना अगाडि पार्टीबाट निष्काशन गरिएका पुरन राईलगायतका केही लफङ्गा आवाराहरुले मालपोत कार्यालय चनौली, स्मल हेबेन स्कुल कैलाश नगर, जानकी माविलगायतका केही ठाउँबाट म नेपाल कम्युनिस्ट पार्टीको सदस्य हुँ भन्दै आर्थिक सहयोग लिएको सुचनाप्रति महानगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको र अराजक गतिविधिको घोर भत्र्सना गरेका छन् । साथै विज्ञप्तिमा यस्तो गतिविधि नसच्चिएमा उचित कारबाही गर्न पार्टी बाध्य हुने उल्लेख गरिएको छ र उक्त व्यक्तिहरु पार्टीका नाममा आर्थिक सहयोग लिन आएको पाइएमा पार्टीका महानगर कमिटीलाई खबर गरिदिनुहुन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई भरतपुर महानगर कमिटीले अनुरोधसमेत गरेको छ ।
भरतपुर महानगर कमिटी इन्चार्ज विजय शर्मा र सेक्रेटरी देवकुमारले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी स्थापना गर्न आन्दोलन गरिरहेको छ । यही आन्दोलनको महान यात्रामा अहिले पार्टी केन्द्रको आह्वानमा उद्योगी व्यवसायीहरुबाट आर्थिक सहयोग लिने अभियान चलाइएको छ । उद्योगी व्यवसायी र सुभेच्छुकहरुबाट विगत झै अलिहे पनि राम्रो सहयोग भइरहेको छ । यही हाम्रो महाअभियानको अवसर पारेर केही महिना अगाडि पार्टीबाट निष्काशन गरिएका पुरन राईलगायतका केही लफङ्गा आवाराहरुले मालपोत कार्यालय चनौली, स्मल हेबेन स्कुल कैलाश नगर, जानकी माविलगायतका केही ठाउँबाट म नेपाल कम्युनिस्ट पार्टीको सदस्य हुँ भनी आर्थिक सहयोग लिएको सुचनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो अराजक गतिविधिको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । साथै यस्तो गतिविधि नसच्चिएमा उचित कारबाही गर्न पार्टी बाध्य हुनेछ । उक्त व्यक्तिहरु हाम्रो पार्टीका नाममा आर्थिक सहयोग लिन आएको पाइएमा हाम्रो पार्टीका महानगर कमिटीलाई खबर गरिदिनुहुन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई भरतपुर महानगर कमिटी अनुरोध गर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु