नेकपाद्धारा ललिता निवासको जग्गा कब्जा : ढकालको घरमा विस्फोट

२०७६ माघ २ गते, बिहीबार

काठमाडौं , २ माघ । नेपाल कम्युनिस्ट पार्टीले बालुटारस्थित ललिता निवासको जग्गा कब्जाका मुख्या योजनाकार शोभाकान्त ढकालको घर सेवोटेज गरेको बताएको छ । ढकाल ललिता नीवासको ११५ रोपनी सरकारी जग्गा कब्जाका मुख्य योजनाकार भएकोले उनको घर सेवोटेज गरेको नेकपाले जनाएको छ । नागार्जुस्थित ढकालको निवासमा बुधबार साँझ विस्फोट भएको हो । नेकपाका कार्यकर्ताले घर सेवोटेज गरेको भन्दै ढकालको घर आसपासमा पर्चा छरेका थिए ।
उक्त पर्चामा बालुवाटारको सरकारी जग्गा कब्जाका मुख्य योजनाकार भएकोले, पूर्वसचिव शारदा त्रित्रालको नेतृत्वमा गठित छानविन समितिको प्रतिवेदनले भूमाफिया किटान गरेकोले, जनयुद्धकालमा सुकुम्बासीरभूमीहिनहरुको जग्गा आफ्ना नाममा हड्प्ने प्रपञ्च गरेकाले, विगतमा एमाले र हल सरकारी नेकपाको राजनैतिक शक्तिको आडमा राज्यको भ्रष्ट निकाय एर्व कर्मचारीहरुसँगको मिलेमतोमा माफियागिरी एवं लुटखोर गरेकोले र कुख्यात भूमाफिया एवं राष्ट्रिय सम्पतीको लुटखोर गर्ने योजनाकार भएकाले पुष्टि हुँदापनि कथित कम्युनिस्ट नामधारी वर्तमान केपी सरकाले कुनैपनि कारवाही नगरकेोमा जनस्तरबाट व्यापक रुपमा कारवाहीको माग एवं उजुरी आएकोले उल्लेख छ ।

प्रहरीका अनुसार बुधबार साँझ नागार्जुन १ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको हो । विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी गेटमा पनि क्षति भएको तर मानवीय भने भएको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु