नेकपाद्धारा काठमाडौँमा कोणसभा

२०७६ कार्तिक ७ गते, बिहीबार

काठमाडौँ , ७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँका विभिन्न ठाँउमा कोणसभा गरेको छ । आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, केन्द्रीय सदस्य सुवाससहित दुई दर्जन नेता–कार्यकर्ताहरू गिरफ्तार गरेको विरोधमा नेकपा निकट जनगणतान्त्रिक सम्पर्कमञ्चको आयोजनामा काठमाडौका विभिन्न ठाँउमा कोणसभा गरेको हो । कोणसभालाई सम्बोधन गर्दै मञ्चका खेम प्रधानले आफ्नो पार्टीका नेताकार्यकर्ताहरुलाई राजनैतिक आस्थाकै आधारमा गिरफ्तार गरेको भन्दै तत्काल रिहाईको माग गरेका छन् । प्रधानले बर्तमान केपी ओली सरकारले नागरिकको स्वतन्त्ररुपमा बोल्न पाउने अधिकार समेत हनन गरेर राजनैतिक कार्यमा सहभागी भएका आफ्नो पार्टीका नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरेको भन्दै आक्रोस ब्यक्त गरे ।
पार्टीको ब्युरोस्तरीय बैठक तथा प्रशिक्षण सञ्चालन भइरहेको समयमा बैठकस्थल नै कब्जा गरी प्रहरीले दाङको राजपुरबाट नेकपाका २१ नेताकार्यकर्ता गिरफ्तार गरेको थियो । उक्त गिरफ्तारीको विरोधमा नेकपाले कात्तिक ३ गते देशव्यापी जुलुस प्रदर्शन, कात्तिक ५ गते कोणसभा र पिँढीसभा, कात्तिक ७ गते प्रधानमन्त्री केपी वलीको पुतला दहन, कात्तिक ९ गते विरोध प्रदर्शन, कात्तिक १५ गते मशाल जुलुस र कात्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने सङ्घर्षका कार्यक्रम घोषणा गरेको थियो ।
गिरफ्तार परेका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित २१ जनालाई नै बम विस्फोट तथा हातहतियारको मुद्दा लगाईएको छ । तर नेकपाले भने पार्टीको ब्युरोस्तरिय रानजैतिक बैचारिक प्रशिक्षण कार्यक्रम भैरहेकोस्थानबाट निशस्त्र नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरेको भन्दै अबिलम्ब रिहाईको माग गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु