नेकपाको सभामा प्रहरी हस्तक्षेप

२०७४ बैशाख ७ गते, बिहीबार

काठमाडौं , ७ बैशाख । सरकारले नेकपाको शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप गरेको छ । नेकपा चितवनले चौबिसकोठीमा आयोजना गरेको सभालाई पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले सम्वोधन गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेको हो । कार्यक्रम स्थलबाट प्रहरीले२२ जनालाई नियन्त्रणमा लिएको जनाईएको छ । प्रहरीले कार्यक्रम विथोल्न खोजे पनि अाफूहरुले अाफ्ना कुरा राखेकाे बास्तोलाले बताए । ‘हाम्रो जनसभामा हजारौं जनताको प्रदर्शन देखेर राज्य अातंकित भएर हस्तक्षेप गर्न खोज्यो, तर हामीले हाम्रो कुरा राख्यौं’ बास्तोलाले भने । उनले कार्यक्रम सुरु हुनै लाग्दा प्रहरीले हस्तक्षेप गर्‍यो हामीले कार्यक्रम गर्‍यौं । प्रहरीसँगको झडपमा बास्तोलासहित एक दर्जन नेता-कार्यकर्ता घाइते भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु