नेकपाको राप्ती ब्यूरो बैठकमा प्रहरी हस्तक्षेप,कमाण्ड ईन्चार्ज बीरजंग सहित २१ नेताहरु गिराफ्तार

२०७६ आश्विन ३० गते, बिहीबार

काठमाडौं , ३० असोज । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीको राप्ती ब्यूरो कमिटिको बैठकमा हस्तक्षेप गरी कमाण्ड ईन्चार्ज बीरजंग सहित २१ नेताहरु गिराफ्तार गरेको छ । प्रहरीले दाङको राजपुर ४ मुग्रेंखोलाबाट गएराति २१ जना नेता कार्यकर्ता गिराफ्तार गरेको हो । पक्राउ पर्नेमा मध्य कमाण्ड ईन्चार्ज चन्द्र बहादुर चन्द बीरजंग,राप्ती ब्यूरो ईन्चार्ज सुभाष बाठा, युवा संगठनका अध्यक्ष पाटन लगायत २१ जना रहेको पार्टी स्रोतले जनाएको छ । दाङको राजपुर ४ मा ब्युरोकाे बैठक बसिरहेको समय राति १२ बजेतिर प्रहरीले घेरा हाली चन्द्र बहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा मध्य पश्चिम कमाण्ड ईन्चार्ज २) केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज ३) रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक ४) सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव ५) यमलाल कटुवाल(विक्रम) जिल्ला ईन्चार्ज ६) प्रदीप वली – जिल्ला सेक्रेटरी ७) बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष ८) सुनिल पौडेल–वुद्धिजिवी ९) एकराज चौधरी -एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य १०) धनबहादुर बोहोरा (महान) -एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गा पा सेक्रेटरी ११) तिलक पुन -पूर्व जनमुक्ति सेना १२) सुरज विक -दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष १३) हितप्रसाद रोका -पार्टी सदस्य १४) पोष्टमान घर्ती -रोल्पा जिल्ला लगायतलाई गिरफ्तार भएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु