नेकपाको प्रचारप्रसारमा प्रहरी हस्तक्षेप

२०७५ मंसिर २ गते, आईतवार

काठमाडौ, २ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका सन्दर्भमा यही मङ्सिर ८ गते काठमाडौँ जाऔँ भनेर टाँसेको पोस्टर र ब्यानर प्रहरीले च्यातेको बताइएको छ । प्रहरीले पाँचथर, सप्तरी, झापाको दमकमा टाँसिएको पोस्टर र ब्यानर च्यात्दै हिँडेको फेलापरेको बताइएको छ । प्रधानमन्त्री केपी वलीको निर्वाचन क्षेत्रमा अाइतबार झापाको दमकमा विप्लव नेकपाको आन्दोलनको पोस्टर र ब्यानर किन टाँसेको ? भन्दै प्रहरीले च्यातेको प्राप्त समाचारमा उल्लेख छ । कतिपय ठाउँमा प्रहरीले ब्यानर र पोस्टर कब्जा समेत गरेको छ । सप्तरी संवाददाताले दिएको जानकारीअनुसार सप्तरीबाट गाईघाटतर्फ लाग्ने सडकमा पर्ने सिसवारमा पनि नेकपाको पोस्टर र ब्यानर च्यातिएको छ । पार्टीको पोस्टर र ब्यानर नच्यात्न आग्रह गर्दै नेकपाले प्रचार सामग्री च्यातिएको घटनालाई गम्भीर रूपमा लिइएको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु