नेकपाको जनजागरण अभियान जारी

२०७५ असार २ गते, शनिबार

काठमाडौँ, २ असार । नेपाल कम्युनिस्ट पार्टीले ‘एकीकृत जनजागरण’ अभियान संचालन गरेको छ । यसैक्रममा कालिकोट जिल्ला पार्टीले संचालन गरेको अभियान गाउँगाउँमा जनतासँग हातेमालो गर्दै अगाडि बढिरहेको छ । नेकपाको नेताहरु खेतबारीमै पुगेर जनताको काममा सहभागी भइरहेका छन् । जिल्लाका विभिन्न स्थानहरुमा भएका जनसभालाई पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुन र ब्यूरो इन्चार्ज एटम बिसी, विराट,समर, अडिगलगायतका नेताहरुले सम्बोधन गरेका छन् ।
मुम्म्रा, रास्कोटलगायत ठाउँमा भएका वृहत जनसभामा विभिन्न पार्टी परित्याग गरी सयौं नेता–कार्यकर्ताहरु पार्टीमा प्रवेश गरेका छन् । किसानका खेतबारीमा पुगेर नेता–कार्यकर्ताहरुले रोपाईसँगै मकैबारी गोड्ने कार्यमा सहभागी भइरहेको जिल्ला सेक्रेटरी समरले बताएका छन् । नेकपाले विकास निर्माण र श्रमदान पनि सँगै जारी राखेको छ । नेकपाले खुलालुहुँदै माल्कोटसम्म सडक पनि खनिरहेको छ ।

प्रतिक्रियाहरु