नेकपाका स्थाई समिति सदस्य सुर्दशनसहित ६ जनालाई पुर्पक्षका लागी थुनामा

२०७६ बैशाख ११ गते, बुधबार

काठमाडौं, १० वैशाख । जिल्ला अदालत, ललितपुरले नेपाल कम्युनिष्ट पार्टिका स्थाई समिति सदस्य हेमन्तप्रकाश वली सुर्दशनसहित ६ जनालाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश दिएको छ ।
आज अदालतको यस्तो आदेश आएसंगै सुर्दशन सहित ६ जनालाई नै नख्खु कारागार पठाउने तयारी भएको बताईएको छ । महानगरीय अपराध अनुसन्धन महाशाखाको टोलीले गत चैत्र ९ गते सुर्दशनलाई काभ्रेबाट गिरफतार गरेको थियो ।
सुर्दशन संगै शिव धिमाल,दिकेन्द्र राई,रामकृष्ण खतिवडा, ईश्वर दमाई, र विरबहादुर कठाएतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
नख्खु विष्फोटको जिम्मा लिएसंगै उहाँलाई महानगरीय प्रहरी अपराध माहाशाखाको विशेष ब्युरो र काभ्रे प्रहरी टोलीले गिरफतार गरेको थियो ।सुर्दशन सहित धर्म राजबहाक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्कि, देब घिमिरे र लोकेन्द्र खडकालाई पनि गिरफतार गरेको थियो ।
गिरफतार परेका सबै नेता कार्यक्रर्ता लाई प्रहरीले नख्खु विष्फोटकको घटनामा संलग्न रहेको भन्दै हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । यसैबिच नेता सुर्दशनले गत चैत्र ७ गते सर्वाेच्चमा बयानका क्रममा हातहतीयार भेटिएको झुटो रिपोर्ट बनाएर प्रहरीले आफुलाई जर्बजस्ती फसाउन खोजेको बताउनु भएको थियो ।
ओली नेतृत्वको सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि मात्रै सयांै नेता कार्यकर्तालाई गिरफतार गरिसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु