नेकपाका युवा सङ्गठनका केन्द्रीय सदस्य बस्नेत गिरफ्तार

२०७६ बैशाख ३० गते, सोमबार

काठमाडौं, ३० बैशाख । नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य तथा युवा सङ्गठनका केन्द्रीय सदस्य राजन बस्नेतलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई सङ्गठनको कामको शिलशिलामा रहेको अवस्थामा वैशाख २५ गते बिहान बर्दिबासबाट गिरफ्तार गरेको नेकपा जनकपुरले जनाएको छ । नेकपा जनकपुर ब्युरो इन्चार्ज अरुणले वैशाख २६ गते प्रेस विज्ञप्ति प्रकाशित गर्दै उक्त गिरफ्तारीको विरोध गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य तथा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य क. राजन बस्नेतलाई प्रहरीले गिरफ्तार गरेको छ । उहाँलाई सङ्गठनको कामको शिलशिलामा रहेको बेला २०७६ वैशाख २५ गते बिहान बर्दिबासबाट गिरफ्तार गरिएकोमा वर्तमान केपी–प्रचण्ड सरकारको यसप्रकारको गैर राजनीतिक र कायरतापूर्ण अमानवीय हर्कतको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ साथै तत्कालै ससम्मान रिहाइको जोडदार माग गर्दछ । शान्तिपूर्ण तरिकाले सञ्चालित राजनीतिक कार्यक्रममाथिसमेत राज्यद्वारा गरिएको हस्तक्षेप, गिरफ्तारी र जनदमनले राज्यको फाँसीवादी चरित्र उदाङ्गो हुँदै गएको छ । सरकारले यस्ता प्रकारका सबै हर्कत समयमै बन्द गरोस् । गिरफ्तार कमरेडलाई तत्काल रिहा गर्ने काम गरोस् अन्यथा त्यस विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिन चाहन्छौँ ।’

प्रतिक्रियाहरु