नेकपाका युवा नेता दर्नालको कोठामा प्रहरी छापा, भाई प्रमेश गिरफ्तार

२०७५ श्रावण २६ गते, शनिबार

काठमाडौँ, २६ साउन । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता प्रेम दर्नालको कोठामा प्रहरीले छापा मारेको छ । आज विहान ८ बजेतिर नेता दर्नालको काठमाडौँस्थित कोठमा प्रहरीले छापा मारेको हो । प्रहरीले प्रेमका भाई प्रमेश दर्नालालाई गिरफ्तार गरेको छ । उनी नेकपाको कुनै पनि कमिटीमा छैनन् । प्रहरीले प्रमेशलाई कहाँ लग्यो भन्ने कुनै जानकारी नभएको परिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रियाहरु