नेकपाका मेची–कोशी व्युरो सदस्य सिलवाल गिरफ्तार, तत्काल रिहा नगरे जनप्रतिरोध

२०७६ असार २८ गते, शनिबार

काठमाडौं, २७ असार । नेपाल कम्युनिस्ट पार्टीका मेची–कोशी व्युरो सदस्य डिबी सिलवाललाई पहरीले गिरफ्तार गरेको छ ।
इटहरीको हलगडाबाट उनलाई गिरफ्तार गरेको जनाईएको छ । बाटोमा हिडिरहेको अवस्थामा उनलाई बिहिवार प्रहरीले गिरफ्तार गरेको बताईएको छ । यता ने.क.पा.ले नेता सिलवाललाई तत्काल रिहा गर्न माग गरेको छ । ने.क.पा. मेची–कोशी व्युरो इन्चार्ज अनुले शुक्रबार विज्ञप्ति जारी गरी सुनसरीको इटहरीबाट यात्रारत अवस्थामा रहेका सिलवाललाई गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेकी छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सिलवाललाई असार २६ गते केपी–पिके गृह प्रशासनले गुण्डागर्दी शैलीमा अपहरण गरी वेपत्ता बनाएकोप्रति निन्दा एवंम भत्र्सना गर्दै, तुरुन्त सार्वजनिक गरी रिहाई गर्न माग गर्दछौं ।’
राष्ट्र र जनतामाथि लादिएका सबैखाले अत्याचारको विरोध गर्ने न्यायप्रेमी जनतामाथि वर्तमान सरकारले दमन तिब्र पारेको भन्दै सो पार्टीले निन्दा समेत गरेको छ । यहि दमनको श्रृखला स्वरुप पार्टीका व्युरो सदस्य डीबीलाई अपहरण शैलीमा गिरफ्तार गरेको भन्दै इन्चार्ज अनुले रिहा गर्न माग गरेकी हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘जनताहरुको जीउधनको सुरक्षा त कता हो कता, निहत्था नागरिकहरुको हत्यामा उत्रिदै आफुलाई समाजवादी कम्युनिस्ट सरकार भएको दाबी गरिरहेको केपी–पिके मण्डली र उसका हनुमानहरुको रवैया नेपाली समाजमा बढ्दै गएको छ ।’
पुर्व क्षेत्रमा दमनलाई तिव्र पारेर पुर्वका जनतामाँझ रहेको विद्रोही चेत, क्रान्तिकारी उर्वरता, सचेत पहल लिन सक्ने सामर्थलाई निमोठ्न खोजिरहेको फासिवादी दलालहरुको हर्कतविरुद्ध पुर्वका देशभक्त क्रान्तिकारी जनता विद्रोहमा उठ्न तयार रहेको पनि अनुले चेतावनी दिएकी छन् ।
विज्ञप्तिमा भनिएको छ, हामी संमयतापूर्वक भन्न चाहान्छौं कि, सबै खाले दमन हत्या रोकी हाम्रा गिरफ्तार साथीहरुलाई विनासर्त रिहा गरियोस् अन्यथा कडा ढंगले जनप्रतिरोध गरिने र त्यसको जिम्मेवार केपी–पिके प्रशासन हुनेछ ।’

प्रतिक्रियाहरु