नेकपाका ब्यूरो इन्चार्ज र सेक्रेटरी गिरफ्तार

२०७४ भाद्र ३१ गते, शनिबार

काठमाण्डौ , ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टी नवलपरासीका सेक्रेटरी मंगलसेन पक्राउ परेका छन ।उनलाई आज बिहान ३ बजे सुतिरहेको अबस्थामा आफ्नै घरबाट प्रहरीले गिरफ्तार गरेको छ ।
यसैगरी , प्रहरीले नेपाल कम्युनस्टि पार्टीका राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाठामगर ‘सुवास’लाई गिरफ्तार गरेको छ । इन्चार्ज बाठामगरलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको नेकपाले जनाएको छ । थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’को खोजीमा खटिएको प्रहरीले बाठामगरलाई गिरफ्तार गरेको बुझिएको छ ।

प्रतिक्रियाहरु