नेकपाका पोलिट्ब्यूरो सदस्य वीरजंग रिहा

२०७४ मंसिर २५ गते, सोमबार

काठमाडौं, २५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’ रिहा भएका छन् । छोराको उपचारको लागि काठमाडौं अाएको बेला चुनाव विरोधी गतिविधमा लागेको अारोपमा प्रहरीले मंसिर ८ गते बुढानिलकण्ठबाट गिरफ्तार गरेको थियो ।
पार्टीको लुम्बिनी ब्यूरो इन्चार्ज समेत रहेको चन्दलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार रिहा गरेको हो ।
चुनाव विरोधी गतिविधिमा लागेको अारोप लगाउँदै प्रहरीले देशभरबाट करिब १२ सय नेता-कार्यकर्ता गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा चन्द सबैभन्दा उच्च तहका नेता हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु