नेकपाका नेता शिलु र आजाद रिहा

२०७५ आश्विन ८ गते, सोमबार

काठमाडौं , ७ असोज । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य उमा भुजेल शिलु र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’ सर्बोच्च अदालतको आदेशबाट रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस गर्दै सर्वोच्च अदालतको आदेशमा उनीहरु रिहा भएका हुन् ।
बन्दी प्रत्यक्षीकरणको रिटमाथि बहस गर्दै आइतबार सर्वोच्चले रिहाई गर्न आदेश दिएको थियो । यसअघि उनीहरुलाई अदालतकै गेटबाटै प्रहरीले पुनः गिरफ्तार गर्दै आएको थियो ।
भुजेलका भाई पदमबहादुर भुजेल र केसीकी श्रीमती सीमा केसीले बिनाकारण गैरकानूनी रुपमा थुनामा राखेको भन्दै तत्काल रिहाईको माग राखेर रिट निवेदन दर्ता गरेका थिए ।
रिटमाथिको बहसपछि गत हप्ता सर्वोच्चले बाटोको म्याहेक २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालयलगायत विपक्षीको नाममा आदेश दिएको थियो ।
भुजेल र केसीलाई तेस्रोपटक गिरफ्तार गरी विभिन्न जिल्ला प्रहरीको हिरासतमा राख्दै आएको छ ।
दुवैजनाको रिटमाथि बहस गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको पूर्ण इजलासले रिहा गर्न अादेश दिएको हो ।
भुजेल र अाजादको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता एकराज भण्डारीले दुबै नेता सुरक्षित रुपमा अाफन्तको सम्पर्कमा पुगेको बताएका छन्

प्रतिक्रियाहरु