नेकपाका नेता ‘ध्रुव’ लाई मातृशोक, विप्लवद्वारा श्रद्धाञ्जली व्यक्त

२०७६ असार ५ गते, बिहीबार

काठमाडौँ , ४ असार । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् कार्यालय सचिव भेषराज भुसाल ‘ध्रुव’ लाई मातृशोक परेको छ। महासचिव विप्लवले पार्टीका ‘ध्रुव’की ममतामयी आमा उमादेवी भुसालप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३, खगेन्द्रनगर निवासी उमादेवी भुसालको ८४ वर्षको उमेरमा असार ४ गते बुधबार दिउँसो निवासमै निधन भएको खबरले आफू र पार्टीलाई अत्यन्त दुःखी बनाएको महासचिव विप्लवद्वारा जारी शोक तथा समवेदना वक्तव्यमा उल्लेख छ ।
महासचिव विप्लवको वक्तव्यमा भनिएको छ, ‘क्रान्तिमा निरन्तर लाग्दै आउनु भएका भेषराज भुसालकी आमाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन्छ । साथै शोकसन्तप्त कमरेड भेषराज भुसाल, उहाँका आदरणीय बुबा र सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिन्छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु