नेकपाका नेता-कार्यकर्ता निर्दोष सावित

२०७४ असार ३० गते, शुक्रबार

काठमाडौ, ३० असार । नेपाल कम्युनिस्ट पार्टीका तीन कार्यकर्ता निर्दोष सावित भएपछि रिहा भएका छन् । झु झुठा आरोप लगाएर अनुसन्धानको लागि धुलिखेल जेलमा राखिएका तीनै जना निर्दोष सावित भएपछि १३ महिनापछि बिहीबार रिहा भएका हुन् । रिहा हुनेहरुमा नेकपाका कार्यकर्ता काभ्रे सिपालीका लक्ष्मण श्रेष्ठ, गोपाल श्रेष्ठ र लनम लामा हरेका छन् । उनीहरुलाई बोद्धिचित्त माला कारोबारबारे झुठा अभियोग लगाई घरबाटै गिरफ्तार गरी अनुसन्धानका लागि धुलिखेल प्रशासनले जेल हालेको थियो । लक्ष्मण र गोपाल नेकपाका सामना साँस्कृतिक परिवारका जनकलाकार हुन् । लामा नेकपाका स्थानीय कार्यकर्ता हुन् । उनीहरुलाई धुलिखेल जेलबाट रिहा गरिएको हो । रिहापछि स्वागत गर्न नेपाल कम्युनिस्ट पार्टीका पूर्वताम्सालिङ इन्चार्ज बाबुराम गजमेर, काभ्रे जिल्ला ईन्चार्ज सरद रसाइलीलगायत नेताहरु धुलिखेल पुगेका थिए ।
रिहालगत्तै नेकपाका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । बिना ठोस प्रमाण कसैलाई पक्राउ नगर्न समेत सरकारसँग ईन्चार्ज गजमेरले आग्रह गरे । स्वागतपछि काभ्रे इन्चार्ज रसाइलीले झुठा मुद्दासँग क्रान्तिकारी कहिल्यै नहार्ने र क्रान्तिलाई थप ऊर्जा मिल्ने बताउँदै ठोस प्रमाणबेगर नागरिकलाई दुःख दिएर राज्यले निरंकुशता लाद्‍न खोजेको प्रतिक्रिया दिए ।
स्वागत गर्न केन्द्र र जिल्लाका दर्जन नेता–कार्यर्ता तथा संचारकर्मी, अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । झुठा मुद्दामा फसाउने तत्वलाई कारवाही गर्नुपर्ने माग सहभागीहरुले गरे ।

प्रतिक्रियाहरु