नेकपाका नेता – कार्यकर्ता रिहा

२०७४ मंसिर २५ गते, सोमबार

काठमाडौं, २५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका चितवन इन्चार्ज लालबहादुर बिसी रिहा भएका छन् । चुनाव विरोधी गतिविधिमा संलग्न भएको अारोपमा बिसीलाई मंसिर ३ गते प्रहरीले गिरफ्तार गरेको थियो । अाइतबार बेलुका इन्चार्ज बिसीसहित राम राई, ओम लामिछाने र लक्ष्मी नेउपाने पनि रिहा भएका छन् । उनीहरुलाई ५ हजार धरौटीमा रिहा गरिएको छ । इन्चार्ज बिसीले दिएको जानकारी अनुसार अाइतबार चार जनालाई रिहा गरेको छ भने सोमबार थप १० जनालाई छोड्‍ने प्रहरीले तयारी गरेको छ । प्रहरीले चुनाव अवधिभर चितवनका विभिन्‍न ठाउँहरुबाट १७ जना गिरफ्तार गरेको थियो ।
यसैगरी , लमजुङमा जिल्ला सेक्रेटरी सन्तोष पौडेलसहित १३ नेता कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ । आइतबार लम्जुङ् सेक्रेटरी सन्तोष कोइरालासहित टेकतारा बोहोरा, गोविन्द तिवारी, स्याङ्जाका दुर्गाबहादुर थापा, डा. शेरबहादुर थापा, राजु पौडेल र थानेश्वर केसी छन् । त्यसैगरी गोरखाका विशाल गजुरेल, भरत कोइराला, अनिल कुमाल, भोला भुजेल, गोकुल कुमाल र मेघराज कुमाल रिहा भएका छन् । त्यसैगरी बाजुराबाट प्रेम बहादुर खड्का र मकर ओलीलाई पनि अाजै प्रहरी हिरासतबाट रिहा गरिएकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु