‘नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गर’

२०७४ मंसिर ४ गते, सोमबार

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपाका नेता–कार्यकर्तालाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयले आयोजना गरेको प्रदेश नम्बर–३ को सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृह मन्त्रालयसमेत सम्हालेका देउवाले सुरक्षाकर्मीलाई सो निर्देशन दिएका छन् । उनले सुरक्षाकर्मीलाई ‘चेन अफ कमान्ड’अनुसार चल्न निर्देशन दिए । पछिल्लो समयमा सुरक्षा चुनौती बढ्दै गएको भन्दै सुरक्षा रणनीति बनाएर अगाडि बढ्न सुरक्षाका चारओटै निकायलाई उनले निर्देशन दिए ।
गोष्ठीमा प्रदेश नम्बर–३ का प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको सहभागिता रहेको छ ।

प्रतिक्रियाहरु