नेकपाका नेता कार्की रिहा

२०७६ असार १७ गते, मंगलवार

काठमाडौं, १७ असार । एकहप्ता अघि गिरफ्तार परेका नेपाल कम्युनिस्ट पार्टीका नेता नरबहादुर कार्की सोमबार साँझ रिहा भएका छन् । उनी सकारात्मक सोचका जीवन प्रशिक्षक, चलचित्र निर्माता तथा ‘नो ट्याक्स, नो एनसेल’ अभियानका अभियन्ता पनि हुन् ।
गत असार १० गतेलाई नेकपाले घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । सामाजिक अभियन्ता युवा नेता कार्की निराश व्यक्तिहरूलाई जीवनमा फर्काउने अद्भुत प्रशिक्षण क्षमताका कारण संसार भर प्रसिद्ध छन् । पुष्पकमल दाहालको पार्टीबाट गत मङ्सिर ८ गते विद्रोह गरी विद्रोही नेकपामा ध्रुवीकृत भएका कार्कीले नेकपामा अन्तर्राष्ट्रिय क्षेत्रसमेत हेर्दै आएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु