नेकपाका नेता अनिल शर्मा रिहा

२०७७ जेष्ठ १८ गते, आईतवार


काठमाडौँ , १८ जेठ । नेपाल कम्युनिस्ट पार्टीका नेता अनिल शर्मा ‘विरही’ रिहा भएका छन। उनलाई जिल्ला अदालत चितवनको आदेशमा रिहा गरिएको हो । गत बैशाख २३ गते उपचारका लागि भरतपुर अस्पताल गएका बेला पक्राउ परेका उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । आज जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले अभियोगअनुसार प्रमाण नपुगेको भन्दै उनलाई रिहा गर्न आदेश दिएको हो ।
नेता अनिल शर्माको तर्फबाट अभिवक्ता कमल पाठक, अपिल पोखरेल र धर्म आचार्यले बहस गरेका थिए ।अदालतको आदेशपछि शर्मालाई भरतपुर अस्पतालको मेडिकल वार्डमा लगिएको छ ।

प्रतिक्रियाहरु