नेकपाका जिल्ला नेता गिरफ्तार

२०७४ जेष्ठ १२ गते, शुक्रबार

काठमाडौं, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरका जिल्ला सेक्रेटरी अर्जुन दयाललाई प्रहरीले गिरफ्तार गरेको छ । विहीबार प्रहरीले सुडास्थित घरबाटै गिरफ्तार गरेको हो । नेकपाका कञ्चनपुर इन्चार्ज अग्नीले विज्ञप्ति जारी गरेर सेक्रेटरी दयाल जनताको घर निर्माणमा सहयोग गरिरहेको बेला गिरफ्तार गरेको बताएका छन् । बिना कारण गिरफ्तार गरिएका सेक्रेटरी दयाललाई तत्काल रिहा गर्न समेत इन्चार्ज अग्नीले माग गरेका छन् । उनले प्रशासन दमन र गिरफ्तारी नरोकिए अाफूहरु प्रतिवाद गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
यसैबीच प्रहरीले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य प्रमिला लामालाई गिरफ्तार गरेको छ । विहीबार सर्लाहीस्थित अाफ्नै घरबाट लामालाई गिरफ्तार गरेको हो अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्दले जानकारी दिएकी छन् ।
विना कारण लामालाई गिरफ्तार गरेको बताउँदै अध्यक्ष चन्देले अापत्ति जनाएकी छन् । उनले तुरुन्त रिहाईको माग समेत गरेकी छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु