नेकपाद्वारा खोकनाबासीको अन्दोलनमा ऐक्यबद्धता

२०७७ असार २७ गते, शनिबार

काठमाडौं , २७ असार । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो हकहित अधिकार र स्वाभिमानको रक्षाको निम्ति निरन्तर लाग्न खोकनाबासी जनसमुदायहरुलाई आव्हान गरेको छ । सो पार्टीका ललितपुर सेक्रेटरी विदुषीले शनिवार एक विज्ञप्ति जारी गर्दै सो आव्हान गरेकी हुन् । सेक्रेटरी विदुषीले जनताको रक्षा राष्ट्रिय स्वाभिमानको र जनताको सुरक्षामा लाग्नुभन्दा पनि के.पी.–पिके. द्वारा सञ्चालित कथित कम्युनिष्ट भ्रष्ट सरकार दलाली, कालोबजारी, भ्रष्टाचार सत्ता र कुर्सीको लुछाचुँडीमा व्यस्त देखिएको बताएकी छिन् । यस बिषयमा सेक्रेटरी विदुषीद्वारा जारी गरिएको प्रेस विज्ञप्ति यस्तो छ– “हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी राष्ट्रियता, जनता र जनजीविका निम्ति निरन्तर संघर्षरत भएको कुरा यहाँहरुलाई सर्वविदितै छ । यतिबेला विश्व माहामारी कोभिड–१९ सँग जुधिरहेको छ । जनताको रक्षा राष्ट्रिय स्वाभिमानको र जनताको सुरक्षामा लाग्नुभन्दा पनि के.पी.–पि.के. द्वारा सञ्चालित कथित कम्युनिष्ट भ्रष्ट सरकार दलाली, कालोबजारी, भ्रष्टाचार सत्ता र कुर्सीको लुछाचुँडीमा व्यस्त देखिन्छ ।
यतिखेर ललितपुर जिल्ला खोकनाबासीमाथिको दमन र सरकारी ज्यादतिको कारण त्यहाँको जनताले गरिरहेको आन्दोलनप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हामी विकास विरोधी होइनौँ, र कदापि हुने छैनौँ तर खोकनाबासीले राखेको मागहरुको सरकारले उचित सम्बोधन नगरी जनतामाथि दमन गरी आफ्नो निहित स्वार्थ पूरा गर्न खोज्नु गलत कुरा हो । ऐतिहासिक धरोहर बिगारेर बाटो बनाउने कुरा कदापि सैह्य हुने छैन । बरु त्यसको विकल्प खोजिनु पर्दछ । जनतालाई बुझाएर बाटोको विकल्प रोजी काम अगाडि बढाउनुको सट्टा, यो भ्रष्ट सरकार जनताको आस्थाको धरोहर माथि कुल्चिँदै, पिट्ने, धरपकड गर्ने अनि दलाल, भ्रष्ट, कालोबजारीहरुलाई छुट दिने काममा लागिपरेको छ । यो जनतामारा सरकारलाई जनतामाथि अन्याय, अत्याचार गर्ने कुरा कदापि सैह्य छैन । अतः हाम्रो पार्टीको तर्पmबाट खोकनाबासी, न्यायपे्रमी, जनसमुदायहरुको अन्दोलनमा साथ समर्थन र ऐक्यबद्धता छ । आफ्नो हकहित अधिकार र स्वाभिमानको रक्षाको निम्ति निरन्तर लाग्न पनि हामी खोकनाबासी जनसमुदायहरुलाई हार्दिक आह्वान गर्दछौँ ।”

प्रतिक्रियाहरु