नीतीशकुमार मोदीको पक्षमा

२०७४ श्रावण १२ गते, बिहीबार

काठमाडौं, १२ साउन । भारतको बिहारमा एकाएक राजनीतिक समीकरण परिवर्तन भएको छ । राजनीतिक समीकरणसँगै सरकार पनि परिवर्तन हुँदैछ ।
बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका नीतीशकुमारले बिहीबार नयाँ राजनीतिक गठबन्धनका तर्फबाट सरकार गठन गर्ने भएका छन् । उनले लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दलसँगको सहकार्य तोडेर भारतीय जनता पार्टी (भाजपा)सँग मिलेर सरकार गठनको तयारी थालेका हुन् । बिहारका भाजपा नेता सुशील कुमार मोदीका अनुसार बिहीबार १० बजेका लागि सपथ ग्रहण गर्न नीतीश कुमारलाई राजभवनमा आमन्त्रण गरिएको छ । उनका अनुसार १ सय ३२ विधायकको समर्थनसहित नीतीशकुमारले सरकार गठनको दाबी गरेका थिए । सोही आधारमा उनलाई कार्यवाहक राज्यपाल केशरीनाथ त्रिपाठीले सरकार गठनका लागि अनुमति दिएका हुन् ।
बिहारमा नीतीशकुमार नेतृत्वको जनता दल युनाइटेडको बिहार विधानसभामा ७१ विधायक छन् भने भारतीय जनता पार्टीको ५३ र राष्ट्रिय जनता दलको ८० विधायक छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु