निर्वाचन द्वन्द्वको कारक नबनोस्

२०७४ मंसिर ३ गते, आईतवार

केही दिनयता देशमा भएका गतिविधि नियाल्ने हो भने देश द्वन्द्वतिर धकेलिएको अनुमान लगाउन कठिन पर्दैन । पछिल्लो समय निर्वाचनको नौटंकी गर्दै देशलाई द्वन्द्वमा फसाउन संसद्वादी दलहरु उद्यत भएको प्रस्ट देख्न सकिन्छ । निर्वाचनबाट आफ्नो लुटको स्वर्ग कायम राख्न वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको प्रपञ्च रचिएको छ । जुन प्रपञ्चले देश दुर्घटनाको दिशातर्फ मोडिएको छ । निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न नियम, कानुन र नैतिकता कुल्चेर अगाडि बढेका यी संसद्वादी दलहरु आफ्नो कुकृत्य लुकाउन नेकपालाई ढाल बनाउन खोज्दैछन् । जुन, उनीहरुको दिवास्वप्ना मात्र हुने निश्चित छ । किनकि नेकपाले गर्ने कार्य नेपाली जनताले थाहा पाइसकेका छन् । देश र जनताको मुक्तिको लागि शान्तिपूर्ण ढङ्गले निर्वाचन खारेज अभियान चलाइरहेको नेकपालाई संसद्वादी दलहरु आपूm–आपूm लड्ने र नेकपामाथि दोष थोपर्ने जुन कार्य गरिरहेका छन्, त्यो आमजनतासामु छर्लङ्ग भइसकेको छ । जति–जति निर्वाचनको मिति नजिकिँदै छ, यी संसदवादी दलहरु एकले अर्कोलाई सिध्याउन न्वारानदेखिएको बल लगाउँदैछन् । र, आफ्नो त्यस्तो कुकृत्य लुकाउन नेकपालाई दोषारोपण गर्दैछन्, जुन ज्यादै लज्जाजनक र घृणित कार्य हो । सरकारले यस्तो कार्य रोक्न कुनै कसुर बाँकी राख्नु हुँदैन । तसर्थ, शान्तिपूर्ण रुपमा निर्वाचन खारेज अभियानमा जुटेका नेकपाका नेता तथा कार्यकर्तालाई धरपकड गर्न तत्काल बन्द गर्नुपर्छ । गिरफ्तार गरिएका र झुठा मुद्दामा फसाइएकाहरुलाई तत्काल बिनासर्त रिहा गर्नुपर्छ । अन्यथा परिवेश बदलिन सक्छ । त्यसैले ‘स्याल आयो, स्याल आयो भन्दै चल्ला चोर्न…’ पल्केको वाम गठबन्धनदेखि सरकार सचेत हुनुपर्छ । अन्यथा स्थिति भयावह हुन सक्छ । देश द्वन्द्वमा फस्न सक्छ । सरकारले बेलैमा बुद्धि पु¥याओस् । आमजनताको चाहना यही छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु