निर्वाचन कार्यालय नजिक बम बिष्फोट !

२०७६ कार्तिक २१ गते, बिहीबार

काठमाडौं , २१ कात्तिक । आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन दर्ता आज हुँदैछ । बिहान १० देखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेश सभासदस्यको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तयारी भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य तीन पदका लागि उपनिर्वाचन हुँदैछ । कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुरको क्षेत्र नं १ (क), बागलुङको निर्वाचन क्षेत्र नं २ (ख) र दाङको निर्वाचन क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।
यसैबीच ,। उम्मेदबारी दर्ता कार्यक्रमलाई लक्षित गर्दै पोखरामा बम बिस्फोट भएको छ । पोखराको पर्यटन बसपार्कमा नजिक रहेको निर्वाचन कार्यलय छेउमा भएको बम बिस्फोटमा खासै क्षति भने भएको छैन । बम विस्फोट कसले र किन गरिएको भन्ने बुझ्न सकिएको छैन । करिब १० :४० को समयमा विस्फोट भएको थियो

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु