निर्वाचन कार्यालयमा सकेट बम

२०७४ मंसिर ४ गते, सोमबार

काठमाण्डौ , ४ मंसिर । जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज फेला परेको छ । कार्यालय अगाडि प्रहरीको निगरानी भइरहने स्थानमा सकेट बम फेला परेको हो । कार्यालयको ढोकामै राखिएको बम फेला परेपछि सुरक्षाकर्मी परिचालन गरी पुछार बजार क्षेत्रलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । निर्वाचन बहिष्कार गर्ने नेकपाले बम राखेको केसीको भनाइ छ । कार्यालयमै बम भेटिएपछि त्यहाँको कामसमेत प्रभावित भएको छ । बम निष्क्रिय पार्न नेपाली सेनाको टोलीले प्रयास गरिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु