निर्वाचनका क्रममा भड्किएको हिंसामा परी आठ जनाको मृत्यु

२०७३ चैत्र २८ गते, सोमबार

काठमाडौं, २८ चैत । भारत प्रशासित कश्मिरमा आइतबार सम्पन उप निर्वाचनका क्रममा भड्किएको हिंसामा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ ।
श्रीनगर लोकसभाका लागि भएको मतदानका क्रममा विभिन्न मतदान केन्द्रमा हिंसात्मक प्रदर्शन र झडप भएको थियो । उप निर्वाचनमा केबल ६ दशमलब ५ प्रतिशत मात्र मत खसेको अधिकारीहरुले जनाएका छन् । पृथकतावादी नेताहरुले निर्वाचन बहिष्कारको आह्वान गरेका थिए । केन्द्र सरकारले अतिरिक्त २० हजार सेना परिचालन गरेको थियो भने शान्तिपूर्ण निर्वाचनका लागि इन्टरनेट सेवा समेत बन्द गरिएको थियो ।
कश्मिरमा अघिल्लो वर्ष चलेको महिनौं लामो राजनीतिक प्रदर्शनका क्रममा करिब ९० जनाको मृत्यु भएको थियो । मुस्लिम बाहुल्य कश्मिर, भारत पाकिस्तानबीचको दशकौं पूरानो विवादको केन्द्र बन्दै आएको छ । पाकिस्तानले पृथकतावादीलाई सहयोग गरेको भारतको आरोप छ भने इस्लामाबादले यसलाई अस्वीकार गरेको छ । दुवै मुलुकले कश्मिरलाई आफ्नो भूभाग दाबी गरेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु