निर्माण मेला माघ २६ देखि

२०७४ माघ २१ गते, आईतवार

काठमाडौँ, २१ माघ । मुलुकमा जारी निर्माण क्षेत्रको विकास पुनःनिर्माण र आधुनिकीकरणमा टेवा पु¥याउने उद्देश्यले काष्ठकलाका सामानको अधिक उपयोग बढाउन यही २६ देखि २८ गतेसम्म भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रिय नेपाल ‘बिल्डकन नेपाल उड’ प्रदर्शनी हुने भएको छ । देश विदेशका २२० वटा निर्माण तथा पुनःनिर्माण कम्पनी फर्निचर व्यवसायी, काष्ठ शिल्पकारलगायतको सहभागिता हुने मेलामा आर्किटेक्ट इन्जिनियर, कन्ट्र्याक्टर डिजाइनरले विश्वमा भइरहेका परिवर्तनबारे जानकारी दिने र विदेशी प्रविधि भित्र्याएर नेपालका काष्ठजन्य उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरिने भएको छ । वाणिज्य मन्त्रालयसँगको सहकार्यमा मिडिया स्पेस सोलुसन्स र फर्टेक्स ट्रेडफेयर एण्ड इभेन्टस्ले संयुक्त रुपमा सो मेला आयोजना गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाइयो । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार