निर्माणाधीन भ्यूटावर विवादमा

२०७५ मंसिर १६ गते, आईतवार

काठमाडौं , १६ मंसिर । नागरिक उड्ययन प्राधिकरणले बिरोध जनाएपछि विराटनगर महानगरपालिकाले निर्माण गर्न लागेको भ्यूटावर विवादमा तानिएको छ । भ्यूटावरले बिमानस्थलको एयर ट्राफिकलाई अवरोध गर्ने देखिएपछि प्राधिकरणले बिरोध जनाएको हो ।विमानस्थल वरपर ४५ मिटर अग्लो संरचना बनाउन नपाइने नियम भए पनि महानगरपालिकाले बेवास्ता गर्दै भ्यूटावर निर्माणको काम अघि बढाएकोे नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । सामान्यतया विमानस्थलको वरपर अग्ला अग्ला संरचना बनाउनु हुँदैन तर विराटनगर महानगरपालिकाले विमानस्थलबाट १ किलोमिटर भित्रै ४ अर्बको लगानीमा १ सय १० मिटर अग्लो भ्यूटावर बनाउने तयारी अघि बढाएको छ । अर्कोतिर विराटनगरस्थित नागरिक उड्डययन प्राधिकरणले भ्यू टावर विमानस्थलदेखि एक किलोमिटर भित्रै पर्ने र यसले एयर ट्राफिकिङलाई असर पार्ने बताएपछि यो विषय विवादमा परेको छ ।
प्राधिकरणका प्रमुख टेकनाथ सिटौलाले महानगरले अघि सरेको भ्यू टावर निर्माण क्षेत्र विमानस्थलबाट उत्तरपूर्वी भागमा पर्ने भएकाले जहाज उडाउन र अवतरण गराउन समस्या हुने दाबी गर्छन् । प्राविधिकहरुका अनुसार ठूला जहाजले ४ देखि ५ नटिकल माइलमा धावन मार्गतर्फ अवतरणको दिशा लिने भएकोले त्यस क्षेत्रमा अग्ला संरचना बनाउन हुँदैन ।
प्राधिकरणले निर्माणाधीन भ्यूटावरको काम तत्काल रोक्न आग्रह गर्दै महानगरपालिकालाई पत्राचार गरे पनि जवाफ नआएको बताउँछ ।
अन्तरदेशीय उडान भर्ने गरी बनाइएको विमानस्थललाई विस्तार गर्ने गुरुयोजना रहेको हुँदा भ्यूटावरले त्यसलाई असर पार्ने प्राधिकरणले बताउँदै आएको छ । यता विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भने भ्युटावर निर्माणको डिपीआरको तयारी भएकोले प्राधिकरणसँग समन्वय गरिने बताउँछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार