निर्मलाका अामाबुवा धर्नामा

२०७५ कार्तिक २५ गते, आईतवार

काठमाडौं, २५ कात्तिक । कञ्चरपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या भएको महिनौ वित्तिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै निर्मलाका बुवा यज्ञराज पन्त आजदेखि जिल्ला प्रशासन कार्यालयमा धर्नामा बस्ने भएका छन् ।
छोरीको बलात्कारपछि हत्या भएको साढे ३ महिना बित्न लाग्दासमेत दोषी पत्ता नलागेपछि निर्मलाका बाबुआमा जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरअगाडि धर्ना बस्ने निर्णयमा पुगेका हुन् । गत साउन ११ गते निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा घरनजिकै उखुबारीमा शव भेटिएको थियो । त्यसयता विभिन्न प्रकारका छानबिन समिति बने पनि बलात्कारी एवं हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।
निर्मलाका बुवा यज्ञराज पन्तले दिएको पछिल्लाे एक साताको अल्टिमेटममा पनि दोषी पत्ता नलागेपछि आज बिहान ११ बजेदेखि निर्मलाको परिवार धर्ना बस्ने भएको हो । उनले छोरीको हत्यारा पत्ता नलागेसम्म प्रशासन कार्यालय अगाडि धर्ना बसिरहने बताएका छन् । उनले छोरीको हत्यारा पत्ता लगाउन प्रहरीले सुरुआतदेखि नै लापरबाही गरेको र अपराधी जाेगाउन प्रमाणसमेत नष्ट गरेकाे आरोप लगाउँदै अाएका छन्

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु