निर्भयाका बलात्कारीलाई फाँसी !

२०७६ चैत्र ७ गते, शुक्रबार

काठमाडौं , ७ चैत । यस अघिका सबै फाँसीको मिति टर्दै आए पनि आज बिहान पौने ६ बजेका लागि तोकिएको फाँसी टर्ने स्थिति नदेखिए पछि निर्भयाका बलात्कार तथा हत्या गर्ने चार आरोपी मध्यराति दिल्ली हाईकोर्ट पुगेका थिए । त्यस पछि फेरी सर्वोच्च अदालत पनि पुगेका थिए उनीहरुका वकिल र परिवार । आठौं पटकको त्यो अन्तिम प्रयास पनि सफल हुन सकेन । यस पटक कुनै उपायले रोक्न सकेन फाँसी कसुरदार चारै जनालाई विहान पौने ६ मा फाँसी दिईएको भारतीय सञ्चार माध्यमहरुले जनाए । दोषी अक्षय ठाकुर, मुकेश सिंह , पवन गुप्ता र विनय सिंहले रात भरी रोए , अन्तिम ईच्छा पनि बताउन मानेनन् ,तर पनि फाँसीबाट उन्मुक्ति पाउन सकेनन् । उनीहरु अहिले पनि फाँसीमा झुण्डीरहेको र अब चित्सिकहरुले पोष्टमार्टम गर्ने तयारी भएको बतार्ईएको छ । पवन जल्लाद नामका व्यक्तिले उनीहरुलाई झुण्ड्याएका थिए । झुण्डिनु अघि रातभर रोए, भुईमा लडीबडी गरे तर पनि उनीहरुको फाँसी टर्न सकेन । बिहानको सूर्योदय देख्न नपाई विदा गरिदियो जल्लादले धर्तीबाट ।
रात भर अदालतमा बहस भएको थियो
भारतीय समय अनुसार राति १० बजे वकिल एपी सिंहले दोषीहरु लिएर अदालत पुगेर पुनरावलोकनका लागि निवेदन दिएका थिए ।
तर न्यायधीशले अब के प्रमाण छ रु पटक पटक बोलेर मात्र हुदैन , अब समय आयो , तपाईहरुको भगवानसगँ भेट हुनेछ भने पछि दोषी अक्षय ठाकुर, मुकेश सिंह , पवन गुप्ता र विनय सिंह चिलविल भएका थिए ।
दिल्ली हाईकोर्टले पनि यो पुनरावलोकन खारेज गरे पछि वकिल एपीसिंहले फेरी सर्वोच्च अदालत जाने बताएका छन् । ती वकिलले कोरोनाका कारण सबै फोटो कपी गरेर कागजातहरु ल्याउन नसकिएको आदि कारण देखाउदै फाँसी टार्ने कसरत गरीरहेका थिए ।
न्यायधिशले कुनै प्रमाण छ भने ल्याउनुस् केही घण्टा समय बाँकी छ भने भने पनि कुनै प्रमाण पुर्याउन वकिलले सकेनन् ।
आज दिनभरीमा राष्ट्रपतिका लागि आममाफी लगायत ७ वटा पुनरावलोकन मुद्धा खारेज भएको थियो । अब भने कुनै कानुनी बिकल्प नभएकाले बलात्कारका दोषीहरुले फाँसी पाउने निश्चित जस्तै भएको आजतकले लेखेको छ ।
यस अघि सर्वोच्चले पनि पुनरावेदन खारेज गरीसकेको थियो । तर फेरी वकिलले त्याहाँ जाने कोशिस गरेका थिए । दोषीहरुले हामीलाई फाँसी दिएर भारतमा बलात्कार रोकिदैन, बरु आजिवन कारावास सजाय दिईयोस भन्दै रुवावासी गरीरहेको खबर भारतीय सञ्चार माध्यमले प्रकाशन गरेका छन् ।
जनवरी २२ , फेब्रुअरी १ र मार्च तीनमा तय भएको फाँसीको मिति टर्दै सर्दै आए पछि चौथो पटक मार्च २० को लागि तय भएको थियो ।
२०१२ डिसेम्बर १६ मा साझँ साढे ६ बजे कुदिरहेको यात्रुबाहक बसमा ६ जनाले निर्भयामाथि सामुहिक बलात्कार पछि पाशविक यातना दिनुका साथै लिंगमा रड घुसाएर क्रुर हत्या प्रयास गरेका थिए । त्यस पछि उनलाई उपचारको लागि सिंगापुर लगिएको थियो । तर १० दिन पछि उनको मृत्यु भएको थियो । र भारतभर फाँसीको माग सहित बिशाल र्यालीहरु भएको थियो ।
६ जना मध्य एक जना राम सिंहले दिल्लीको तिहाड जेलमा आत्महत्या गरेका थिए भने अर्का दोषी नावालग भएका कारण ३ बर्ष सुधार गृहमा बसेर छुटेका थिए । -एजेन्सी

प्रतिक्रियाहरु