निबन्ध लेखन प्रतियोगितामा बिनिता रिमाल प्रथम

२०७५ श्रावण २७ गते, आईतवार

काठमाडौं, २७ साउन । राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय काठमाण्डौमा कक्षा १२ मा अध्ययनरत बिनिता रिमाल प्रथम भएकी छिन । आधारशीला कलेज नयाँबजार काठमाण्डौले आयोजना गरेको ‘बैदेशिक रोजगार र बौद्धिक पलायन ‘ शिर्षकमा भएको निबन्ध लेखन प्रतियोगितामा सस्कृत मावी गोरखामा कक्षा १२ मा अध्ययनरत सुमिता लामिछाने दोस्रो भएकी छिन भने नेपाल प्रहरी विद्यालय काभ्रेमा कक्षा १२ नै पढ्ने अस्मिता कार्की तेस्रो भएकी छिन ।
अक्सर्फोड माध्यामिक विद्यालय काठमाण्डौका निर्मल रेग्मि तथा मण्डली मावि धादिङ ठूलखर्कमा अध्ययरत युनिसा आले मगर, फुलखर्कले चौथो स्थान हासिल गरेकी छिन । निबन्ध लेखन प्रतियोगितामा २४ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । आधारशीला कलेजमा नियमित रुपमा हुने साहित्यिक श्रृङखला अन्र्तगत राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको आधारशिला साहित्य विभागका अध्यक्ष कौशिला रिसालले जानकारी दिईन ।
विद्यार्थीहरुलाई साहित्यमा सक्रिय बनाई उनीहरुलाई साहित्य लेखनमा रुची जगाउन तथा नव प्रतिभाहरुको खोजी गर्न निबन्ध लेखन प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष रिसालले बताइन । आधारशिला क्याम्पसका प्रवन्ध निर्देशक रमेश पौडेलले पढाई मात्रै नभई विद्यार्थीलाई सृजनशिल बनाउन तथा उनीहरुको लेखन क्षमता विकास गराउनको लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।
डा पुष्करराज भट्ट, प्राध्यापक छायादत्त न्यौपाने र नरेन्द्र नगरकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार, तेस्रो हुनेले ५ हजार तथा सान्त्वना हुनेले १५ सय नगद सहिद प्रमाणपत्र प्राप्त गरेका क्याम्पस प्रमुख शमिर सिंहले जानकारी दिए ।

प्रतिक्रियाहरु