निधारले हानेर किला ठोक्ने मान्छे

२०७१ आश्विन ६ गते, सोमबार


काठमाडौँ । दुनियाँमा यस्ता पहलमान पनि छन् जसले निधारले हानेर ९ इन्चको किला काठमा ठोक्न सक्छन् । तर, अमेरिकाको बोष्टनका एक जोन फेरारो नाम भएका ब्यक्तिले आफ्नो निधारले ९ इन्चको किला ठोक्ने मात्र होइन, सिक्कालाई निधारमै बङग्याइदिन पनि सक्छन् । फेरारोले हालै आफ्नो अविश्वसनीय क्षमता प्रदर्शन गरेका छन् । तयारी, तालिम र लक्ष्यप्रतिको र्समर्पणकै कारण आफू यसो गर्न सफल भएको उनले बताए । चिकित्सकहरूका अनुसार उनको निधारको हड्डीको मोर्टाई औषत मानिसहरूको भन्दा साढे दुइ गुना बढी बाक्लो छ । औषत मानिसको ६.५ एमएम हुन्छ भने उनको १६ एमएम मोटो छ । उनको हावर्डमेडिकल स्कुलमा परीक्षण समेत गरिएको थियो । तर, उनको हड्डी बढ्ने जस्तो कुनै रोग देखिएन । यो वंशाणुगत उपहार भएको चिकित्सकहरूको भनाई छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु