निजी विद्यालय बन्द कार्यक्रम फिर्ता

२०७२ बैशाख ७ गते, सोमबार

काठमाडौ, ७ बैशाख । विभिन्न विद्यार्थी संगठनले नयाँ शैक्षिक सत्रका लागि बढाएको शुल्क १५ दिनभित्र फिर्ता गर्ने सहमति भएपछि आजदेखि गर्ने भनिएको निजी विद्यालय बन्द फिर्ता भएको छ । सरकार र विद्यार्थी संगठनबीच दश बुँदे सहमतिपछि आजदेखि गर्ने भनिएको निजी विद्यालय बन्द फिर्ता भएको हो । गएराति शिक्षा मन्त्रालयमा दुईपक्षबीच छ घण्टा लामोे वार्तापछि विद्यालय बन्दको कार्यक्रम फिर्ता भएको हो ।
सहमति अनुसार तत्काल शुल्कवृद्धि स्थगन तथा फिर्ता गर्ने र त्यसको पुनरावलोकन एवम् अनुगमन गर्न एक प्राविधिक समिति गठन गरी एक महिनाभित्र प्रतिवेदन प्राप्त भएपछि थप कारबाही गर्ने सहमति बनेको छ ।
तर निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले भने गत वर्षकै शुल्क कायम गर्नुपर्ने सर्त मान्न नसकिने जनाउँदै फरक मत राखेको छ ।
एक हप्ता अघि बसेको शुल्क निर्धारण समितिको बैठकले निजी विद्यालयलाई २२ प्रतिशत शुल्क बढाउने अनुमति दिएको थियो ।
सर्वोच्चको आदेशमा तीन वर्षसम्म शुल्क नबढाएका विद्यालयहरुले बढेको शुल्क अनुसार भर्ना लिन थालिसकेको भएपनि नयाँ सहमति पछि शुल्क बढाएर भर्ना गर्न नपाइने भएको छ ।

प्रतिक्रियाहरु