‘निजि बिद्यालयका शिक्षकको सेवा सुबिधा बढाउनु पर्छ ‘

२०७३ बैशाख १८ गते, शनिबार

काठमाडौं, १८ बैशाख । निजि बिद्यालयका शिक्षकको सेवा सुबिधा कम भएको भन्दै यसका लागि सरकारले नै निगरानी बढाउनु पर्ने सामान्य प्रसासन मन्त्री रेखा शर्माले बताएकी छ्न । सस्थागत बिद्यालय शिक्षक युनियन एकताको चौथो महाधिवेशन उत्घाटन समारोहमा बोल्दै मन्त्री शर्माले निजि बिद्यालयका शिक्षकको सेवा सुबिधा कम तर प्रफमेन्स राम्रो किन ? भन्दै अब निजि बिद्यालयका शिक्षक लाई समेत निजामती कर्मचारीलाई झै तालिमको ब्यबस्था गर्नु पर्ने बताइन । मन्त्री शर्माले शिक्षकले राजनीति गर्न नहुने तर्क गरिन । उत्घाटन सत्रमा बोल्ने अधिकाङ्स बक्ताले निजि बिद्यालयले शुल्क बढी लिने तर शिक्षकले पाउने सेवा सुविधा कम हुने गरेको भन्दै अब निजि बिद्यालयका शिक्षकलाइ नियुक्तिपत्रको ब्यबस्था गर्नु पर्ने धारणा राखिन । शिक्षण क्षेत्र ब्यापारिकरणमा परिणत भएको भन्दै अधिकाङ्सले अब निजि बिद्यालयलाई सरकारले निगरानि राख्नुपर्ने बताइन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु