निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने तयारी

२०७५ भाद्र ४ गते, सोमबार

काठमाडौं, ४ भदौ । सरकारले निजामती सेवा ऐनमा भएको निजामती कर्मचारीको उमेरहद ५८ वर्षेलाई बढाएर ६० वर्ष पुर्‍याउने तयारी गरेको छ । विभिन्न मन्त्रालयका सचिवहरू पाँचवर्षे कार्यकाल पूरा नहुँदै उमेरहदका कारण अवकाश पाउने क्रममा रहेका कारण सरकारले उमेरहद बढाउने भएको हो । हाल कानुन मन्त्रालयमा रहेको संघीय निजामती सेवा ऐनको मस्यौदा संशोधनमार्फत कर्मचारीको उमेरहद बढाउने प्रक्रिया अघि बढाइएको छ । उक्त मस्यौदामा पनि कर्मचारीको उमेरहद ५८ बाट बढाएर ६० पुर्‍याइने प्रावधान राखिएको छ ।
विगतमा उमेरहद बढाउन नहुने पक्षमा देखिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसमेत यसपालि उमेरहद बढाउने पक्षमा लचिलो देखिएका छन् । प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव र त्यसबीचमा उमेरहदका कारण काम प्रभावकारी हुन नसकेपछि सरकारले उमेर हद बढाउन बाध्य भएको कानून र संघीय मामिला मन्त्रालयको भनाई छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु