निजामति अस्पताल भ्रष्टाचारको दलदलमा

२०७५ जेष्ठ ६ गते, आईतवार

काठमाडौँ , ६ जेठ । निजामति अस्पताल (civil service hospital ) भ्रष्टाचारको दलदलमा फस्दै गएको स्रोतले जनाएको छ । अहिले सो अस्पतालमा उपचार गराउन पुग्नेहरुको संख्या थेगिनसक्नु भएको पाइएको छ । बिहान ३–४ वर्षदेखि नै टिकट लिनको लागि बिरामीहरु लाइन लागिरहेको भेट्न सकिन्छ । अस्पताल प्रशासनले यस विषयमा उचित ध्यान पु-¥याउन नसक्दा पहुँचवाला बिरामीले मात्र उक्त अस्पतालमा उपचार गराउने सौभाग्य पाउने गरेको टिकटको लाइनमा बसेका बिरामीहरु बताउँछन् । सो अस्पतालमा सर्वसाधारणले उपचार गराउन कि कुनै तरिकाले त्यहाँ कार्यरत डाक्टर, नर्स र कर्मचारीसँग नाता गाँस्नुपर्छ, अन्यथा ब्ल्याकमा समेत टिकट पाउन मुस्किल हुने उनीहरुको भनाइ छ । यसरी बल्लबल्ल टिकट पाएर उपचार गराउने मौका पाउनेहरुलाई अस्पतालले पुनः ढाड सेक्ने गरेको उनीहरुको भनाई छ । अस्पतालमा बिरामीको अप्रेशन गर्दा डाक्टरहरुले चाहिनेभन्दा बढी औषधि लेखिदिने गरेको उनीहरुको ठोकुवा छ । अप्रेशनमा यति औषधि चाहिन्छ भनेपछि दायाँबायाँ सोच्ने कुरा भएन तर यहाँका डाक्टरले अनावश्यक औषधिहरु लेखिदिएर भ्रष्टाचार गर्ने गरेको केही बिरामीहरुले गुनासो गरेका छन् ।
यस्तै सो अस्पतालले पछिल्लो चरण उपचारलाई थप प्रभावकारी बनाउन केही उपकरण खरिद गर्न लागेको बुझिएको छ । तर, ती उपकरण खरिद प्रक्रियामा भागवण्डा नमिलेकै कारण ढिलाई हुन गएको स्रोतको ठोकुवा छ । यसैगरी, अस्पतालभित्र कैयौँ अनियमितता हुँदै आएको स्रोतले बताएको छ । – क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु