नारायणगोपाल स्मृति सम्मान प्रदान

२०७४ मंसिर १९ गते, मंगलवार

काठमाडौं, १९ मंसिर । यो वर्षको नारायणगोपाल स्मृति सम्मान राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित १२ जनालाई प्रदान गरिएको छ । उनीसँगै वरिष्ठ संगीतकार एवं गायक सीके रसाइली, गीतकारहरु रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, किरण खरेल, चेतन कार्कीलगायतलाई यो सम्मान प्रदान गरिएको हो । स्वरसम्राट नारायण गोपालको २७औं स्मृति दिवसका अवसरमा नारायणगोपाल संगीत कोषले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा संगीतकार तथा गीतकारहरुलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
नेपाली गीत–संगीतको विकासको क्षेत्रमा उच्च योगदान पुर्‍याएकाले उनीहरुलाई सम्मान गरिएको नारायणगोपाल संगीत कोषले जनाएको छ ।नारायणगोपालको निधनपछि नेपाली सुगम संगीतको विकासमा क्रियाशील गीतकार तथा संगीतकर्मीलाई नारायणगोपाल स्मृति दिवसको अवसरमा सम्मान गरिँदै आएको छ ।

प्रतिक्रियाहरु