नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध

२०७५ भाद्र २६ गते, मंगलवार

काठमाडौं, २६ भदौ । नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो । सडक अवरुद्धसँगै यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु