नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

२०७२ श्रावण १२ गते, मंगलवार

काठ्माडौ, १२ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोटस्थित जयश्री खोलाको पुल भाँचिदा सोमबार साँझदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड अझै खुल्न सकेको छैन । पुल भांचिएसँगै हिजो साँझ ६ बजेदेखि सवारी साधन आवत जावत गर्न रोक लगाइएको छ । बुटवलबाट पूर्व जाने सवारी साधन र नारायणगढबाट पश्चिम जाने सयौं सवारी साधन र हजारौं यात्रु अहिले पोखरा हुँदै आवतजावत गरिरहेका छन् ।
अहिले अस्थायी डाईभर्सन बनाएर सबारी संचालन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । वैकल्पिक बाटो बनाउन र सडक सञ्चालन गर्न अहिले विहानबाट नवलपरासी र बुटवलस्थित सडक डिभिजन कार्यालयबाट ईस्काभेटर र लोडरसहितका कर्मचारी घटनास्थलमा खटिएका छन् । जीर्ण रहेको उक्त पुल लच्किएको छ । तीनवर्ष अघि पनि पुल भत्किएकाले मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो ।तर सो समयमा सामान्य मर्मत गरिएकाले पुल जोखिममै रहेको थियो । पटक पटक नयाँ पुल बनाउनुपर्ने माग उठेपनि पहल हुन नसकेको स्थानियले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार