नायिका श्वेता खड्का अस्पतालमा भर्ना

२०७६ बैशाख १६ गते, सोमबार

काठमाडौं, १६ बैशाख । नायिका श्वेता खड्का भारतको दिल्लीस्थित बीएलके सुपर स्पेसियालिटी अस्पतालमा भर्ना भएकी छिन् । घाटिमा ट्युमर देखा परेपछि नायिका खड्कालाई उपचारका लागि सो अस्पतालमा भर्ना भएकी हुन् । हालै उनको शल्यक्रिया पछि ट्युमर निकालिएको छ । शल्यक्रिया सफल भएपछि उनले दोस्रो जीवन पाएको बताएकी छिन् । श्वेताले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा यसबारे जानकारी दिँदै जीवनले आफूसँग दोस्रो पटक खेल खेलेको बताएकी छिन् । फिल्म ‘हेलो जिन्दगी’को सुटिङका लागि लण्डन पुगेकी उनलाई स्वास्थ्यमा खराबी देखिएपछि सुटिङ स्थलबाटै अचानक दिल्ली पुर्याइएको थियो ।
लण्डन उड्नु अघि घाँटी र चिउँडो वरिपरि दुखेर अस्पताल जाँदा ‘ट्युमर हो र त्यसलाई केही समयपछि निकाले हुन्छ, अहिलेका लागि खासै ठूलो समस्या होइन’ भनेपछि ढुक्क भएर लण्डन गएको उनले बताइन् । तर अचानक स्वास्थ्यमा खराबी देखिएपछि तत्कालै शल्यक्रिया गर्नुपर्ने डाक्टरको सल्लाहमा आफू दिल्ली पुगेको उनले फेसबुक स्टेटसमा जानकारी दिएकी छिन् ।

प्रतिक्रियाहरु