नायिका श्रीदेवी कपुरको निधन

२०७४ फाल्गुन १३ गते, आईतवार

काठमाडौं, १३ फागुन । बलिउड सुपरस्टार नायिका श्रीदेवी कपुरको निधन भएको छ । ५४ वर्षीया श्रीदेवीको हृदयाघातका कारण निधन भएको हो । दुबईमा आयोजना भएको एक विवाह समारोहमा सहभागी भइरहेका बेला उनको हृदयाघातका कारण निधन भएको हो ।
श्रीमान् बोनी कपूर र छोरी खुशीका साथ विवाह समारोहमा सहभागी भइरहेको बेला उनलाई हृदयाघात भएको हो । उनले तमिल, तेलेगु, मलायाम, कनादा र हिन्दी चलचित्रमा अभिनय गरेकी थिइन् । उनी बलिउडकी चर्चित नायिक थिइन् । सन् १९७८ मा चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनले ३ सय वटा चलचित्रमा काम गरिसकेकी थिइन् । सन् १९९७ मा चलचित्र ‘जुधाई’मा अभिनय गरेपछि उनी चलचित्र क्षेत्रबाट करिब १५ वर्ष बाहिरै बसेकी थिइन् । सन् २०१२ मा ‘इङ्लिस विङ्लिस’ बाट पुनः चलचित्र क्षेत्रमा पुनरागमन गरेकी श्रीदेवीलाई भारतीय सरकारले सन् २०१३ मा पद्माश्री अवार्डबाट विभूषित गरेको थियो । सन् २०१७ मा श्रीदेवीको चलचित्र ‘माम’ रिलिज भएको थियो । श्रीदेवीको यो ३०० औं चलचित्र हो ।- एजेन्सी

प्रतिक्रियाहरु