नाबालकको उपचारमा ६७ हजार रुपैयाँ सहयोग

२०७३ भाद्र ९ गते, बिहीबार

काठमाडौं, ९ भदौ । सिन्धुली कपिलाकोट–८ भुताहाका बुद्धराज स्याङ्तानका ट्युमरबाट पीडित नाबालाक छोराको उपचारमा शेर्पा सन्चार नेपालको निबर्तमान अध्यक्ष डोमा शेर्पाको पहलमा ६७ हजार रुपैया सहयोग जुटेको छ । जन्मँदै ट्युमर देखिएपछि पीडित बच्चाको काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । काँध र पेटमा ट्युमर देखिएका बच्चाको उपचारमा आर्थिक अभाव भएपछि बच्चाको उपचारका लागि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डण्ड गुरुङले सहयोगका लागि आव्हान गरेका थिए । सोही आव्हान अनुसार शेर्पा सञ्चार समूहका निवर्तमान अध्यक्ष डोमा शेर्पाको पहलमा प्राप्त भएको रकम हस्तान्तरण भएको हो ।
इजरायलमा रहेकि पासी शेर्पाले ५१ हजार ५ सय रुपैयाँ, अमेरिकामा रहेका कर्साङ शेर्पाले १५ हजार रुपैयाँ र काठमाडौंका मनिष्मा सुनुवारले ५ सय रुपैयाँ उपचारका लागि सहयोग उपलव्ध गराएका थिए।सो रकम फोनिजका अध्यक्ष गुरुङ र शेर्पा सञ्चार समूहका निवर्तमान अध्यक्ष डोमाले बुद्धराज र उनका आमा सेतीमाया स्याङ्तानलाई अस्पतालमै पुगेर हस्तान्तरण गरेका छ्न ।
आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या परेको जानकारी सिन्धुलीबाट पत्रकार मिनकुमार दाहालले गराएको र आफूले पहल थालेको फोनिजका अध्यक्ष गुरुङले जानकारी गराए।
सहयोग रकम पाएपछि खुशी हुँदै सहयोगी सबैमा बुद्धराजले धन्यवाद दिएका छ्न । अझै उपचारका लागि कति खर्च लाग्छ भन्ने विषयमा अस्पतालले पनि कुनै जानकारी दिएको छैन । चिकित्सकहरुले उपचार गर्दै जाऔं भनेर आफूहरुलाई जानकारी गराएको बुद्धराजले बताए ।
नाबालकको आमा टिकामाया अझै सिन्धुली अस्पतालमै उपचाररत छन् । अपरेशन गरेर बच्चा निकालिएकाले बच्चाको आमाको उपचार भइरहेको बुद्धराजले जानकारी दिए । निको हुनासाथ आमालाई पनि काठमाडौं ल्याउने तयारी भइरहेको छ । बच्चाको अपरेशन भइसकेको छ । बच्चालाई अहिले आइसीयुमा राखेर उपचार जारी छ ।

प्रतिक्रियाहरु