नाडा अटो शो भाद्र १० देखि

२०७६ भाद्र १ गते, आईतवार

काठमाडौं, १ भदौ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आज पत्रकार सम्मेलन गरी ‘नाडा अटो शो २०१९’ आगामी भाद्र १० देखि १५ गतेसम्म हुने जानकारी गराएको हो । मेलामा सवारी साधनहरुको भव्य प्रदर्शनी हुन्छ । यो नाडा अटो शो को १४ औँ संस्करण हो । यसपटकको शोमा १ सय ६० वटा स्टल र ब्लकहरु रहने आयोजकले जानकारी दिएको छ ।
१४औँ संस्करणको शोमा २३ ब्रान्डका चारपाङ्ग्रे सवारीसाधन, १९ ब्रान्डका दुई पाङ्ग्रे, १२ ब्रान्डका लुब्रिकेन्ट, नौ ब्रान्डका टायर, पाँच ब्रान्डका ब्याट्री, १४ पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाहरू समेत सहभागी हुँदै छन् । गत वर्ष ७१ ब्रान्ड सहभागी भएकोमा यो वर्ष ९५ ब्रान्ड सहभागी हुने नाडा अध्यक्ष शम्भुप्रसाद दाहालले बताए ।
गत वर्ष स्थान अभावका कारण वित्तीय संस्थाहरु सहभागी भएका थिएनन् । यस पटक भृकुटीमण्डप बगैचा समेत प्रदर्शनी स्थलको रुपमा प्रयोग गरिने छ भने आवतजावतलाई सहज बनाउनका लागि अस्थायी ओभरहेड ब्रिजको समेत व्यवस्था गरिने छ ।
प्रदर्शनीमा सवारीसाधनबाहेक तिनका पार्टपुर्जा, विभिन्न सेवाहरु समेत उपलब्ध हुने अटो शो का संयाजक निराकार श्रोष्ठले जानकारी दिए । चाडपर्वको पूर्वाद्र्धमा आयोजना हुनलागेको शोमा सवारीसाधन व्यवसायी, ग्राहकहरु र अटोमाबाइलसँग प्रत्यक्षरअप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकले जनाएको छ । प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, बिक्रीपछिको सेवा बीमासम्बन्धी छुट्टाछुट्टै स्टलहरु राखिने जनाइएको छ ।
यससम्बन्धी जानकारी दिने म्यागजिन, पत्रपत्रिकाका लागि पनि साझा मिडिया स्टल राखिएको आयोजकको भनाइ छ । प्रदर्शनीमा अन्तराष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार