नाङ्गै भएर वायलिन बजाउँदै प्लेनबाट हामफालेपछि…

२०७४ भाद्र १५ गते, बिहीबार

काठमाडौं, १५ भदौ । हवाई जहाजबाट नाङ्गो भएर हामफाल्नु धेरैका लागि सहज नहुन सक्छ, तर, अस्ट्रेलियाका संगीतकार ग्लेन डोनेलीका लािग यसो गर्नु विशेष जित थियो । ग्लेनले आफ्नो ३०औं जन्मदिनमा आफू स्वयमलाई एउटा चुनौति दिए । उनी बिना कपडा स्काइडाइभ गर्न चाहन्थे र यसक्रममा भायलिनमा केही धुन बचाउँदै जमिनमा उत्रन चाहन्थे । उनले अस्ट्रेलियाको न्यु साउथ वेल्समा आइतबार यो अनौठो प्रदर्शनी देखाएका हुन् । स्काइडाइभिङका क्रममा उनले सुरुवाती बेलायती संगीतकार राल्फ वान विलियम्सको धुन र तिब्रताका साथ तल झर्दै गर्दा उनले स्वयमका लागि ह्याप्पी वर्थ डेको धुन बजाए ।
उनले बीबीसीसँगको कुराकानीमा भने–यो हावामा उड्दै गरेको पंक्षीमा एउटा मीठो हुन हो र यो अवसरका लागि यो एकदम उपयुक्त छ ।
उनले भने–प्यारासूट खुलेपछि म धुन बजाउनका लागि स्वयमलाई स्वतन्त्र महशुस गरिरहेको थिएँ….यो पूरै स्वतन्त्रताजस्तो अनुभवग थियो ।
डोनेली क्लासिकल वायलिन वाद्यक हुन् । उनले यो प्रदर्शनी न्यु साउथ वेल्सको काफ्स हार्बरमाथि त्यहाँका पुरुषमा जागरुकता बढाउने उद्देश्यसहित गरेका हुन् ।
१८ वर्षको उमेरमा उनको शरीरमा केही समस्या आउन लागेको थियो । उनमा चिन्ता त्यतिबेला सुरु भयो जब उनका साथीले उनको बाहिर निस्केको पेटका विषयमा टिप्पणी गरे ।
उनको मोटोपन बढ्दै गयो जसका कारण उनी भकुन्डोजस्तो देखिन थाले । ग्लेन भन्छन्–म विस्तारविस्तारै चौबीसै घण्टा यसैको चिन्तामा लागेँ ।
यसो हुँदाहुँदै उनले मनोचिकित्सकको सुल्लाह लिए र फेरि उनको शरीरमा सुधार आउन थाल्यो । त्यतिबेलादेखि नै ग्लेन मानिसहरुमा आफ्नो शरीरप्रति जागरुक गर्न जुटेका हुन् ।
ग्लेनका लागि जति महत्वपूर्ण स्काइडाइभिङका क्रममा वायलिन बजाउनु थियो त्यति नै यसक्रममा नाङ्गै रहनुमा थियो ।
यो विचित्रको कामबाट भएको कमाइलाई ग्लेनले दुई सामाजिक संस्थालाई दान गर्नुका साथै स्वयमको च्यारिटी न्युड मूभमेन्टमा पनि खर्च गर्नेछन्, जसको माध्यमबाट शारीरिक जागरुकता बढाउने काम गरिनेछ ।
ग्लेन भन्छन्–स्काइडाइभिङदेखि पहिला त मलाई डर लागिरहेको थियो । मैले मानिसहरु सामु कपडा उतारेँ र सफलतापूर्वक उक्त चुनौति पूरा गरेँ, जुन मैले तय गरेको थिएँ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु