नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग शिलान्यास हुदै

२०७६ कार्तिक ४ गते, सोमबार

काठमाडाैँ, ४ कार्तिक । सडक विभागका अनुसार काठमाडौं भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज शिलान्यास हुने भएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियत ऋण सहयोगमा सुरुङमार्गको निर्माण हुन लागेको हो । करिब २२ अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको सुरुङमार्गमा जाइकाले १६ अर्ब रुपैयाँ सहयोग गर्नेछ भने छ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्ने छ । प्रवेश मार्गसहित ५ दशमलव ५–६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ  । यो सुरुङमार्ग निर्माणसँगै नागढुंगा नौबिसेमा देखिएको सवारी जाम न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार