नाकाबन्दी बिरुद्ध चलचित्रकर्मी

२०७२ मंसिर ५ गते, शनिबार

काठमाडौँ, ५ मङ्सिर । भारतले गरेको अघोषित नाकाबन्दीले देशमा सङ्कट आएकाले समाधानका खोज्न चलचित्रकर्मीले अभियान सुरु गरेका छन् ।
‘चलचित्रकर्मी राष्ट्रिय अभियान नेपाल’ नाम दिइएको उक्त अभियानको उद्देश्य देशवासीले भोगिरहेको समस्या समाधानका लागि सम्बन्धित निकायलाई सबै चलचित्रकर्मी मिलेर घच्घच्याउनु रहेको छ ।
यहाँ आज आयोजित पत्रकार भेटघाटमा अभियानका संयोजक हरिहर शर्मा र चलचित्र कलाकार सङ्घका अध्यक्ष नवल खड्काले मधेसी जनताले उठाएका जायज माग सम्बोधन गरेर निकास खोज्नुपर्ने तथा तत्काल कूटनीतिक समाधानको बाटो पहिल्याउन सरकारलाई आग्रह गर्नुभयो ।
वरिष्ठ कलाकार मोहन निरौलाले राजनीतिक कुरा आफ्नो ठाउँमा भए पनि मानवीय संवेदनालाई ध्यान दिन आन्दोलनरत पक्षलाई आग्रह गर्नुभयो ।
यसैबीच अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुलुकको वर्तमान समस्या चाँडो समाधान गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री ओलीले जनजीवन सहज बनाउन विकल्प खोजीको कोसिस भइरहेकाले समाधान निस्कनेमा ढुक्क रहन आग्रह गरेको संयोजक शर्माले जानकारी दिनुभयो ।
त्यस्तै आन्दोलनरत दल, संयुक्त राष्ट्र सङ्घको नेपालस्थित कार्यालय, भारतीय राजदूतावासलगायतमा समस्या समाधानका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाउने अभियानको कार्यक्रम छ । त्यसैगरी भारतीय चलचित्र उद्योगलगायत विश्वभरका चलचित्रकर्मीलाई नेपाली जनताले भोगिरहेको सङ्कटलाई मानवताका नाताले साथ दिन आग्रह गर्ने अभियानले बताएको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार