नाकसँग सम्बन्धित रोचक तथ्य

२०७५ जेष्ठ ६ गते, आईतवार

काठमाडौँ , ६ जेठ । हाम्रो समाजमा नेप्टे, चेप्टे र लाम्चो नाकको कुरा खुवै हुन्छ । यसलाई कतिले त पहिचान नै मानेका छन् । तर, यसरी कुरैकुरामा आफ्नो नाकलाई बिचमा ल्याउनेहरु पनि आश्चर्यमा पर्ने छन् कि नाकको सम्बन्ध इज्जत र पहिचानसँग होइन बरु जलवायु परिवर्तनसँग हुन्छ । एउटा अध्ययनका अनुसार पालतो र लामो नाक हुनेहरु काममा उत्कृष्ट हुन्छन् र उनीहरुमा सन्तान जन्माउने क्षमता पनि अधिक हुन्छ ।
अमेरिकाको पेन्सिल्भेनिया स्टेट युनिभर्सिटीका शोधकर्ताहरुले नाकसँग सम्बन्तित केही निकै रोचक तथ्य पेस गरेका छन् । शोधकर्ताहरुले पूर्वी एसिया, दक्षिण एसिया, पश्चिम अफ्रिका र उत्तरी युरोपियन मुलुकका हजारौ नागरिकको थ्री–डी इमेजको अध्ययन गरे । अध्ययनमा पाइयो कि नाकको आकार तय गर्नमा तापक्रम, आद्र्रता र जलवायुलाई प्रभावित पार्ने कारकहरुको महत्वपूर्ण भूमिका रहने गर्दछ । शोधकर्ताहरुका अनुसार गर्मी र गिलो जलवायुमा बस्नेहरुको नाक अक्सर अधिक चौडा हुन्छ । यही चिसो र सुख्खा क्षेत्रमा बस्नेहरुको नाक लामो र पातलो हुन्छ ।
नाकको मुख्य काम त स्वास लिनु र गन्ध पहिचान गर्नु हो । तर यसको आकार पनि निकै महत्वपूर्ण छ । नाकमा रहेको चिपचिपाउँदो तत्व र रक्त कोशिकाहरुले स्वासमा भित्र बाहिर लिइएको हावालाई श्वसन तन्तको सम्वेदनशील हिस्सामा पठाउनुअघि गरम र आद्र्र गर्न सहयोग गर्दछ । साइन्स पत्रिका ‘प्लाँस जेनेटिक्स’लाई उधृत गर्दै शोधकर्ता अरस्लान जैदीले लेखेका छन् कि संकरीस्थल स्वासको माध्यमबाट लिइने हावा र टिश्यूका बिच सम्पर्क बढाउँछ, जुन गिलो र गर्मीका लागि महत्वपूर्ण छ ।
शोधकर्ताहरुका अनुसार जुन मानिसको नाकको प्वाल सानो छ, त्यस्ता मानिसले बढी राम्रोसँग काम गर्दछन् र सन्तान जन्माउने क्षमता पनि मोटो र थेप्चो नाक भएकाहरुको तुलनामा अधिक हुन्छ । यो शोधले थमसन नियमको समर्थन गर्दछ । थमसन नियमका अनुसार गरम र आद्र्र जलवायुमा बस्ने मानिसको तुलनामा चिसो र शुष्क जलवायुमा बस्ने मानिसको नाक लामो र पातलो हुन्छ । यो नियम ब्रिटेनका मानव वैज्ञानिक आर्थर थमसन (१८५८–१९३५) ले पेस गरेका थिए ।
जैदीले बताए कि यसअघि खप्पर मापन गर्नेजस्तो मामिलाले थमसनको नियमको समर्थन गरेका थिए । अब यसको अध्ययनको विस्तार नाकको आकारसम्म गरिँदैछ । यो शोधमा वैज्ञानिकहरुले नाकको चौडाई, लम्बाई, माथिल्लो हिस्सा आदिको अध्ययन गरियो । जैदीले भने–हामीले निकै नै सरल परिकल्पनाका साथ परीक्षण गरेका छौ, जसको सम्बन्ध जटिल मानव इतिहाससँग थियो । उनले भने कि अब पनि कयौ चिज पत्ता लगाउन बाँकी नै छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु