नश्लिय शासकका तालिमप्राप्त लुटेरा र गणतन्त्रको बासुरी – संसारसेन पृथक

२०७६ बैशाख २१ गते, शनिबार


भनिन्छ हरेक समस्याको समाधान युद्ध होइन तर समस्याले युद्धको माग गर्दछभने समाधान त्यसैभित्रबाट हल हुन्छ – सनत्जु

नेपाली राजनीतिमा समस्याको सयौं उपायहरू अपनाइएको छ तर समाधान सम्झौतामा सुल्झाउने गरिएको पनि छ राणाहरुको निरङ्कुस्ताबाट छुटकारा पाउन राजा र काग्रेस मिलेर आन्दोलनगरे अन्तमा दरबारिया काग्रेस र रानाहरु बिचमा सम्झौता भयो प्रजातन्त्र नामको साइनबोर्ड झुण्डाएर रानाहरुकै अर्कोरुप पन्चेहरु आए पन्चेहरुले देशलाई सक्दो सम्मलुटे त्यसपछि पन्चायतको विरुद्धमा काग्रेस र बामपंथी बिचको सयुक्त मोर्चा बनाएर लडे त्यसपछि फेरि अर्को सम्झौता भयो दरबारिया पन्चे,काग्रेस र बामपंथी बिचको सम्झौता भयो राजालाइ संबैधानिक बनाएर राणा पन्चेहरुको तेस्रो जेनेरेसन बनेर संसदिय बहुदलीय ब्यबस्थाको नाममा अर्को साइनबोर्ड टाकियो र पन्चायती मंडली र बहुदलीय भडुवाहरुले राष्ट्रिय उद्योग कलकारखाना सबै बेचेर सम्पुर्ण रुपले राष्ट्रलाई कंगाल र बेरोजगारीको मुख्य अखाडा बनाए २०५२ सालमा नेकपा माओवादीको अगुवाइमा सम्पुर्ण समस्यको हल जनताको बल र जनयुद्धबाट हुनसक्छ भनेर जनयुद्धको सुरुवात गरियो हजारौंको संख्यामा बलिदान घाइते अपांग भएरपनी जनयुद्धको पहिलो स्थापित र त्यसको औचित्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित भयो राष्ट्रिय स्तरमा संसदबादीहरुलाइ उनै निरंकुश मंडलीहरुले खोरमा थुनेर एकलौटी राष्ट्र लुट्ने प्रत्यन भएपछि माओवादी भित्रमा रहेको गलत चिन्तन र आत्मसुरक्षाबादी सोचभएका केहिलाइ साथमा लिने र आफ्नो अनुकूलतामा नेपाल लाई अस्थिरतामा राखेर सम्पुर्ण रूपमा लुटने योजना अनुसार काग्रेस,तत्कालीन एमाले र माओवादी बिचमा १२ बुदे सम्झुताको नाटक रचेर दिल्ली युरोप र अमेरिकी गुरुयोजनामा नेपालमा नबउपनिवेश कायम राखियो कथित संविधान सभाको नाम मन्चन गरियो त्यसमा दशबर्से जनयुद्धको कुनै एजेन्डा नराखेर माओवादी भित्रको क्रान्तिकारी तप्कालाइ सिद्याउने र आफू अनुकुलको सक्तिलाइ सत्तामा पुगाउने र नेपाललाई सधैंभरी अस्थिर बनाइ राख्ने लामो कसरत पछि एउटा नेर्बेली एजेन्डा बोकेर संविधानको खेस्रा कोरियो जुन संविधान नेपाल र नेपालिको हित अनुकुल नभएर मुठिभर माफियाको हितमा लेखियो नेपालको बर्तमन संविधान र कानुन दुबै नत काग्रेसपार्टिको सिद्धान्तनिष्ठ छ नत कम्युनिस्ट सिद्धान्तनिष्ठ छ यो संविधान केबल पश्चिमा शक्ति केन्द्र हित अनुकूल भएको जगजाहेर छ ठिक यो संविधान बनाउदानै पुर्ब पन्चेहरु जसरी बहुदलको खोल ओडेर सत्तामा पुगेर काग्रेसको मुख्मुकुण्डोले मुख छोपेर सत्तालाई बिदेशी दलाललाई सजिलैसँग राष्ट्रिय महत्त्वका कलकारखानालाई बेचेर नेपाली जनताको मानवीय श्रमशक्ती बिदेश बेच्ने बनाउने काम तिनै पन्चायती डगभग कमेडियनहरुले २०४७ देखि २०६२/०६३ सम्म बहुराष्ट्रिय कम्पनी निर्माणका नाममा उद्योग कलकारखाना बेचेर खाने काम गरेका थिय तिनीहरुकै सिस्यचेलाहरु महाकाली ,टनकपुर कालापानी सुस्ता अरुन अपर कर्णाली अरुण३ लगायतका जतिसुकै बिषयमा मुद्दा उठाउने गरेपनी खासगरी पन्चे काग्रेस एमाले नाममा सत्ता पछ्य र प्रतिपक्षी भएर बेलाबेलामा राष्ट्रिय सम्पत्तिलाई लुट्ने र बेच्ने गरेका हुन त्यस्तैगरि २०६२/०६३ सालदेखि पछाडिको समयमा तत्कालीन माओवादीले सत्तामा बसेर पहिलो चरणमा केही सकारात्मक देखाए पनि २०६८ सालदेखि पछाडिको कम्युनिस्ट नैतिक चरीत्र पतन भएपछि पुराना पन्चायतका दलाललाई प्रचण्ड मुखमुकुण्डो ओडायर तस्कर भुमी दलाल जङ्गलमा काठको तस्करमा सघाउन र सिक्न तयारी गरे ।बिदेशी शक्ति राष्ट्रहरुको प्रशिक्षन पाएका तत्कालीन एमाले माओवादी काग्रेस र राजसस्थाको प्रखर बिरोधि तर राजनीति रूपमा राजसस्थालाइ मागिखाने भाडो बनाउने छुद्र लुटेरा सबैले मिलेर बनाएको संविधान तालीम प्राप्त सासकको तेस्रो पुस्तानै समिलित छन त्यसैको प्रारम्भिक प्रारुप देखियको भ्रष्टाचारको चाङलाइ गहिरिएर अध्यन गर्ने हो भने हरेक राष्ट्रिय सम्पत्तिको हिनामिनामा पन्चायत देखिका गणतन्त्र संचालक उनिपुरानै अनुहार भएका गणतन्त्र नामको मुखेलो मुकन्डाएर यो बिथिती निम्त्याएको देखिन्छ ।
भ्रष्टाचारको सिमा चुलिदा सबै राजनीति दलहरूले मिलाएको सेटिङ्गनै योजनाबद्ध लुट्को राजनीति बुझिन्छ जहाँज खरिद प्रकरणमा बर्तमन सरकारले भ्रष्टाचार गर्योर भनेर प्रश्न चिन्ह ? उठाउन बित्तिकै तत्कालीन काग्रेसको नाम जोडिएको देखिन्छ एनसिएल करछली प्रकरणमा एनसिएललाइ ताकेता गर्छन सत्तारुढ नेकपालाई जोडिएको पाउँछन् बालुवाटार जग्गा भ्रष्टाचारको सत्तारूढ नेकपाको जिम्मेवार ब्यक्त्को नाम जोडेर आउँछ नेपाली काग्रेसकापनि जिम्मेवार नेताकार्यकर्ता जोडिएको पाइन्छ काग्रेसलाइ जोडिएको भ्रष्टाचार तत्कालीन पन्चायतका पन्चहरुनै जोडिएको पाइन्छ यहाँ एउटामात्र आधार के देखिन्छभने राजतन्त्र देखि बहुदल र गणतन्त्र सम्म आउँदा भ्रष्टाचारको एउटामात्र जालो च्यात्न खोजियो भने राजतन्त्र समसदिय बहुदलीय ब्यबस्था अन्तर्गतको यो गणतन्त्र सम्मका सत्ताका नाइके एउटै साङ्लोमा बाधिने संभावना प्रबल छ यो सबै कर्तुत बुझ्नेहो भने जतिसुकै भ्रष्टाचार बेथिति निम्त्याएको छ यो सबै तालीमप्राप्त लुटेराहरुको संजालले गरेको देखिन्छ यहाँनेर तालीम प्राप्त लुटेराहरुको जमातले इमानदार स्वच्छ छवि भएका कर्मचारी शिक्षक,डाक्टर ,पाइलोट ,कर्मचारी नेताकार्यकर्ता सबैलाई प्रचारप्रसार साम्राज्य अफवाह फैलाएर राष्ट्रिय सम्पत्तिलाई योजनाबद्ध लुटने सोच स्प्रस्ट देखिन्छ जस्तै कुलमान घिसिङ , प्रेम संज्याल, बिजयलामा लगायत राष्ट्रबादी सोचाइ भएका राजनीति दल र प्रजातान्त्रिक शक्तिमाथी कु गरेर आफ्नो ब्रमलुटको स्वर्गको रजाइगर्ने सोचनै इ तालिमप्राप्त लुटेरा समुह हरुको छ जस्को योजना नेपाल सेनासेतलाइ कब्जामा लिने प्रयत्न हुदैछ यस्ता लुटेराको विरुद्धमा ईमानदार राजनीति पार्टी कर्मचारी उत्पीडित समुदाय कलाकार पत्रकार सेन र जनताको सयुक्त ताकतको एकीकृत मोर्चाबन्दी हुन जरुरी छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु